जिरोनामाथि बार्सिलोनाको संघर्षपूर्ण जित

माघ १५, काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले जिरोनामाथि संघर्षपूर्ण जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई १–० गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा पेड्रीले निर्णायक गोल गरे ।

खेलको ६१ औं मिनेटमा पेड्रीले जोर्डी अल्बाको पासमा गोल गरेका हुन् । जितसँगै बार्सिलोनाले १८ खेलमा ४७ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ६ अंकले अघि रहेको छ ।

जिरोना २१ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ ।