बंगलादेशमा फेब्रुअरी २३ का दिन राष्ट्रपतिको निर्वाचन हुने

माघ १०, एजेन्सी  – बंगलादेशमा आगामी फेब्रुअरीमा राष्ट्रपति निर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगका सचिव मोहम्मद जहाँगिर आलमले आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने जानकारी दिए । वर्तमान राष्ट्रपति अब्दुल हमिदको कार्यकाल २४ अप्रिलमा समाप्त हुँदै छ ।

हमिद अर्को कार्यकालका लागि पुनः निर्वाचित हुन नमिल्ने भएकाले नयाँ निर्वाचन हुन लागेको सचिव आलमले बताए । देशको संविधानले एक व्यक्तिलाई बढीमा दुई कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेको छ ।