ड्राई फ्रुट सेवनले बढाउछ पुरुषमा प्रजनन क्षमता

माघ ९, काठमाडौं – ड्राई फ्रुट पोषण र ऊर्जाका लागि उत्कृष्ट मानिन्छ । एक अध्ययनले पुरुषहरू दैनिक ६० ग्राम ड्राई फ्रुट्स, विशेष गरी ओखर र बदामको सेवन गर्छन्, तिनीहरूको शुक्राणुको गुणस्तरमा सुधार भएको देखाएको छ । स्पेनको रोभिरा भर्जिली युनिभर्सिटीमा गरिएको यस अनुसन्धानसँग सम्बद्ध विज्ञहरूले १४ हप्तासम्म दैनिक दुई मुठ्ठी ओखर, बदाम र नट्स खाने पुरुषको शुक्रकीटको गुणस्तरमा वृद्धि भएको बताएका छन् ।

एक अनुसन्धानकर्ता अल्बर्ट सालास ह्युटसले प्रदूषण, धूम्रपान पनि सेबटमा हुने क्षतिसँग जोडिएको देखिन्छ, जसले गर्दा पुरुषको शुक्रकीटमा कमी आउने बताए । यस अध्ययनका लागि ११९ स्वस्थ पुरुषको तथ्यांक अध्ययन गरिएको थियो । संलग्न पुरुषहरूको उमेर १८ देखि ३५ वर्षको बीचमा थियो । राम्रो र सन्तुलित आहार लिएर यो समस्या समाधान गर्न सकिने विज्ञहरू बताउँछन् ।

प्रत्येक सात दम्पतीमध्ये एक जोडीले सन्तान जन्माउन कठिनाइको सामना गरिरहेका छन् । उनीहरूलाई अध्ययनका लागि दुई समूहमा विभाजन गरिएको थियो । एक समूहलाई दैनिक ६० ग्राम ड्राई फ्रुट्स खान दिइएको थियो भने अर्को समूहको डाइट पहिले जस्तै राखिएको थियो ।
अध्ययनका क्रममा अन्वेषकहरूले नट सप्लिमेन्ट खाने पुरुषको शुक्रकीटको सङ्ख्या १४ प्रतिशतले बढेको पत्ता लगाए । योसँगै उनीहरूको स्वास्थ्यमा पनि पहिलेको तुलनामा ४ प्रतिशतले सुधार आयो । स्वस्थ र प्रोटिनयुक्त खानेकुरा खाँदा प्रजनन क्षमतामा सुधार हुने निष्कर्ष अध्ययनले निकालेको छ ।