ऋचा शर्मालाई अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड

माघ ९, काठमाडौं  – अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’ मा सर्ट फिल्म ‘ब्लड मनी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् ।

सिड्नीमा आयोजित फिल्म फेस्टिभलमा अवार्ड ग्रहण गर्दै अभिनेत्री शर्माले आयोजकलाई धन्यवाद दिएकी छिन् ।

ब्लड मनीमा अभिनेत्री शर्माले साउदी अरबमा अपराधको कसुरमा जेल सजाय भोग्न बाध्य श्रीमानको श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् ।

सय बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ ले सिङ्गापुरको ओल्ड फिल्म कार्निभल, ह्वाइट पिलर इन्टरनेशनल फिल्म फेस्टिभल, अथ्विकवारुणी इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म अफ द इयर’को अवार्ड जितिसकेको छ ।

अठाइस मिनेटको फिल्ममा सौरभ पौडेल, पारस तिमल्सिना, विराज पराजुलीको पनि अभिनय छ । यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ ।