सिस्नु खादाका फाइदाहरु

माघ ८, काठमाडौं  – घरबारिमा पाइने सिस्नुको महत्व महत्व धेरैलाई थाहा नभएको पनि हुनसक्छ । यो बहुगुणकारी हो । यसलाई सागका रूपमा प्रयोग गर्न सकिन्छ । पहिले गरिबले मात्र प्रयोग गर्ने सागका रूपमा सिस्नुलाई हेरिन्थ्यो । पछिल्लो समय यसको साग खानेहरू बढेका छन् ।

सिस्नु खादाका फाइदाहरु निम्न छन् ।

-सिस्नुको नियमित प्रयोगले मिर्गाैलामा हुने समस्याबाट बच्न सकिन्छ । त्यस्तै, पिसाब पोल्ने, दम, बाथ, रक्तअल्पता आदि रोगमा पनि यसले फाइदा गर्छ । यसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।

–सिस्नुमा भिटामिन तथा खनिज तत्वहरू पोटासियम, क्याल्सियम र प्रोटिन प्रशस्त मात्रामा पाइने भएकाले यो शाकाहारीहरूका लागि उत्तम खाद्य पनि हो ।

-सिस्नुको मेहन्दी बनाएर केशमा लगाउँदा केश झर्नबाट रोक्छ भने केशको चायाँ पनि हटाउँछ ।

-पेटमा रहेका सबै बिकार दिसाको माध्यमबाट बाहिर जान्छन् र दिसाको थैलो सफा हुन्छ । यसले रोगहरूसँग लड्ने क्षमता पनि बढ्छ