हामीलाई राज्यपक्षले उपेक्षा गर्यो : चन्दनकुमार सिंह

सत्ताबाडफाडको बिषयलाई लिएर मधेशकेन्द्रित दल जसपा, लोसपा, जनमत पार्टी असन्तुष्ट बनेका छन् । मन्त्रालयको जिम्मेवारी र बिभाजनबारे प्रधानमन्त्रीले बाचा गरे अनुसार जिम्मेवारी नदिएको भन्दै दलहरुले बिरोध जनाइरहेका छन् । मन्त्रीपरिषदमा जनमत पार्टीका एक जना मन्त्रि खानेपानी मन्त्रालयको जिम्मेवारी पाएपनि कार्यभार सम्हालेका छैनन् । यसै सन्र्दभमा इमेलखवर डटकमले जनमत पार्टीका महासचिव चन्दनकुमार सिंहसंग कुराकानी गरेको छ ।

तपाईहरुले सरकारलाई समर्थन गर्नुभयो तर किन मन्त्रीपरिषदमा रहनु भएन ?

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद बिस्तारको क्रममा जुन हामीलाई आश्वासन दिनुभयो त्यो पुरा गर्नु भएन । मन्त्रीपरिषद गठनमा आफ्नो खुसीले भागबण्डा लगाउनु भयो । हामीले उद्योग बाणिज्य मन्त्रालय सहित २ वटा मन्त्रालयको माग गरेका थियौं । तर अहिले हामीलाई खानेपानी मन्त्रालयमा सिमित राखियो । हामीलाई राज्यपक्षले उपेक्षा ग¥र्यो । सत्तामा सम्मानजनक ब्यवहार नभएकाले हामीले बिरोध गरेका हौं ।

खोजेस्तो जिम्मेवारी पाउनु भएन,अब सरकारलाई दिएको जिम्मेवारी फिर्ता हुन्छ त ?
सरकारको समर्थन हामीले फिर्ता गरेको छैनौं । समर्थन दिइसकेपछि हामीलाइ कानुनी बाध्यता पनि छ । तत्काल समर्थन फिर्ता लिने अवस्थामा छैनौ । प्रधानमन्त्रीले आश्वासन दिइराख्नु भएको छ । हामी मिलाउला भन्नुभएको छ । आन्तिरिक गृहकार्यमा मिलेर अघि बढौला भनेर बिश्वास दिलाउनु भएको छ ।

तपाइहरु अहिले सत्तापक्षसंग गठबन्धनमा नै हुनुहुन्छ नि ?
हामीले सरकारी गठबन्धनमा नै छौं । प्रधानमन्त्रीलाई बिश्वासको मत दिने देखि लिएर सभामुखको निर्वाचनमा सहभागी भइरहेका छौं ।

प्रधानमन्त्रीको आश्वासनमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
प्रधानमन्त्रीले जस्तो ब्यक्तिले गलत गर्नु हुन्न भन्ने बिश्वास छ । १, २ दिनको समय दिनु भएको छ । त्यसकारण हामी पर्ख र हेरको अवस्थामा छौं ।