तोलामा २ सय रुपैयाँले सस्तो भयो सुन

माघ ८, काठमाडौं  – आइतबार नेपालमा सुनको मूल्य २ सय रुपैयाँ प्रतितोला सस्तो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ५ हजार र तेजाबी सुन १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो।

शुक्रबार उक्त सुनहरु क्रमशः १ लाख ५ हजार २ सय र १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने यथावत् छ। आज चाँदी १ हजार ३ सय ७५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ।