बीएण्डसीद्धारा परिवारसँग स्वास्थ्य बीमा कार्यक्रम सुरु

मंसिर ५, काठमाडौं  -बीएन्डसी हस्पिटलमा ‘मेरो बीएन्डसी मेरो जीवन साथी, प्रभु इन्सुरेन्ससँग’ नामक परिवार स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको छ ।

बीएन्डसी हस्पिटल र प्रभु इन्सुरेन्स लिमिटेडको सहकार्यमा यो बीमा लागु गरिएको हो । हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा। निराजन प्रसाई र प्रभु इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले शुक्रबार हस्पिटलको सभाहलमा एक कार्यक्रमबीच उक्त बीमा कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रभु इन्सुरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले आर्थिक अभावले कोही पनि उपचारबाट बञ्चित हुन नपरोस् भनेर संयुक्त रुपमा बीमा कार्यक्रम ल्याइएको र यसमा बिमित परिवारका सदस्यले बिना झञ्झट उपचार सेवा पाउने ग्यारेन्टी गरिएको बताए । नेपालभर यो बीमा कार्यक्रम लागू हुने तर उपचारका लागि बीएन्डसीमा नै आउनुपर्ने सम्झौतामा उल्लेख छ ।