कैलालीमा मतगणनाको तयारी

मंसिर ५, कैलाली – आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना कैलालीमा आज बिहान १० बजेपछि सुरु गर्न लागिएको छ ।

सर्वदलीय÷सर्वपक्षीय बैठक बसेपछि निर्वाचनको मतगणना सुरु हुने तयारी गरिएको सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार अबेर रातिसम्म मतदान केन्द्रका मटपेटिका मतगणनास्थलसम्ममा पु¥याएर निर्वाचन अधिकृतको कार्यालयलाई बुझाउने काम भएको थियो ।

निर्वाचन क्षेत्र १ को टीकापुर, क्षेत्र २ को लम्की, क्षेत्र ३ को सुख्खड, क्षेत्र ४ को अत्तरिया र क्षेत्र नं को धनगढीमा मतगणना गर्ने तयारी छ । प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका दश निर्वाचन क्षेत्र रहेको कैलालीमा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेकोमा झण्डै ६२ प्रतिशत मत खसेको जनाइएको छ ।