पोर्चुगलको फराकिलो जित

मंसिर २, काठमाडौं –  फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा पोर्चुगलले फराकिलो जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा पोर्चुगलले नाइजेरियालाई ४(० गोल अन्तरले हराएको हो ।
पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दुई गोल गरे ।

खेलको नवौं मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई २ – ० को अग्रता दिलाए ।

पोर्चुगलले नोभेम्बर २४ मा घानाविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।