चलचित्र पासोको ट्रेलर सार्वजनिक (भिडिओ)

कात्तिक २८, काठमाडौं –  फिल्म ‘पासो’को ट्रेलर सार्वजनिक भएको छ।

आरबी पूनको कथा, पटकथा, संवाद र निर्देशन रहेको चलचित्रमा भिनेत्री रिस्ता बस्नेत र सुनिशा बजगाईंको मुख्य भुमिका छ ।

भगवान भुजेलले निर्माण गरेको फिल्ममा राजकुमार राउत कार्यकारी निर्माता रहेको भने वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह(निर्माताको रुपमा छन्।

फिल्ममा रिस्ता र सुनिशासँगै रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ। उत्तम हुमागाईंले छायांकन गरेको फिल्मलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्।