हेमन्त शर्माको नयाँ गीत ‘गुनासो छैन मायालु’

कात्तिक १६, काठमाडौं  – गायक हेमन्त शर्माको नयाँ गीत ‘गुनासो छैन मायालु’ सार्वजनिक आएको छ । गीत मार्फत गायक शर्माले धोका दिने मायालुको सम्झना गरेका छन् । उनले गीतमा धोकाप्रति पनि कृतज्ञता प्रकट गरेका छन् ।

गीतमा शब्द तथा संगीत पनि गायक शर्माकै छ, भने संगीत संयोजन कमल थापामगरले गरेका छन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।

भिडियोमा गायक शर्माका साथमा मोडल समीक्षा क्षेत्रीको अभिनय छ । सुरेश थापाको छायांकन रहेको गीतको भिडियो विकास धमलाले सम्पादन गरेका हुन् ।