गायक सञ्जय श्रेष्ठले दिए काठमाडौँ –६ बाट स्वतन्त्र उम्मेदवारी

असोज २४, काठमाडौं -गायक सञ्जय श्रेष्ठले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले काठमाडौँ –६ बाट स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

उनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । श्रेष्ठले गत स्थानीय चुनाव सकिने बित्तिकै राप्रपाबाट काठमाडौँ –६ मा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

गायक श्रेष्ठले नेपाली साङ्गीतिक आकाशमा थुप्रै चर्चित गीत दिएका छन् ।