विद्येयक प्रमाणीकरण नगरेको विरोधमा जनमत पार्टी सडकमा

असोज, ५ काठमाडौं–
नागरिकता विद्येयक प्रमाणीकरण नगरेको विरोधमा जनमत पार्टीले मधेस प्रदेशमा विरोध प्रर्दशन गरेकोछ । बुधबार बिहानै देखि टायर बालेर, पुत्ला जलाएर विरोध गरेको हो । मधेस प्रदेशको सप्तरी, सिराह, रौतहट लगायत दिनभरी विरोध भइरहेको पार्टीका महासचिव चन्दन सिहंले जानकारी दिए । बुधबार बिहानै सिरहामा जनमतका कार्यकताले पुत्ला दहन गरेको पार्टीका महासचिव सिंहले बताए ।
उनले राष्ट्रपतिको कदम जनताको पक्षमा नरहेको बताउदै यसले खास गरि मधेसलाई अनागरिक बनाउन खोजिएको बताए । ‘मधेस कहिले सम्म अनागरिक हुने ?’, उनले भने,‘राष्ट्रपतिले नै यस्तो गर्नु भनेको राज्य मधेसलाई पाखा लगाएको संकेत हो । जुन हामीलाई मान्य छैन ।’