‘महापुरूष’को ‘बेमौसमी’ गीत सार्वजनिक

 

असोज ५, काठमाडौं  -हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म महापुरूषुको दोस्रो गीत सार्वजनिक भएको छ।

विवेक रसाइलीले निर्देशन गरेको गीतको भिडिओमा हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराइलीलाई देख्न सकिन्छ। पुरुषोत्तम प्रधानले छायांकन गरेको गीतलाई प्रमोद के भण्डारीले कोरियोग्राफी गरेका हुन्।

कात्तिक ११ प्रदर्शनमा आउने फिल्ममा मदनकृष्ण, हरिवंश, गौरी, अरुण अन्जनासँगै रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायत कलाकारको अभिनय छ।