सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धन कार्यदलको बैठक बस्दै

भदौं २०, काठमाडौं  – आज सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।

आजको बैठकमा पनि आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा सिट बाँडफाँटका बारेमा छलफल हुनेछ।

मंगलबारसम्ममा सिट बाँडफाँटको सबै पक्ष टुंगो लाग्ने गठबन्धनका नेताहरूले बताइरहेका छन्। सिट बाँडफाँट गठबन्धन भित्रका सबै दललाई न्यायोचित हुने गरेर गर्ने नेताहरूले दाबी गर्दै आएका छन्।