एमबाप्पे चम्किदा पीएसजीको जित

भदौं १९, एजेन्सी  – फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले नान्तेसलाई ३ ० गोल अन्तरले हराएको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पेले दुई गोल गरे ।

नुनो मेन्डिसले एक गोल गरे । खेलको १८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए ।

२४ औं मिनेटमा फाबियोले रातो कार्ड पाएपछि नान्तेस १० खेलाडीमा समेटियो ।

खेलको ५४ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २(० को अग्रता दिलाए ।

त्यसपछि खेलको ६८ औं मिनेटमा नुनोले गोल गर्दै पीएसजीलाई ३(० को जित दिलाए ।

जितसँगै पीएसजीले ६ खेलमा १६ अंक जोडेको छ ।

पीएसजी शीर्ष स्थानमा रहेको छ । नान्तेस ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।