अधिश र आलिया द कलेज एम्बेसडर २०२२

भदौं १९, काठमाडौं  – ‘द कलेज एम्बेसडर २०२२’ को उपाधि विजेता अधिश वैद्य र आलिया खानले जितेका छन् ।

हेराल्ड कलेजका वैद्यले पुरुष तथा द टाइम्स इन्टरनेशनल कलेजकी खानले महिला तर्फको उपाधि चुमेका हुन् । रसियन कल्चर सेन्टर कमलपोखरीमा सम्पन्न प्रतियोगीतामा फष्ट रनरअप सलिना महाराजन (किस्ट कलेज) र नरेश सुनाम काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेट चुनिदा सेकेन्ड रनरअप मनिषा प्रधान ९गोल्डेन गेट० र निरञ्जन पोखरेल (किस्ट कलेज) घोषित भए ।

विजेता उपाधिका साथमा विभिन्न अवसर र गिफ्ट पुरस्कारको रुपमा प्राप्त गरे । कार्यक्रम व्यवस्थापन, चलचित्र निर्माण लगायत कार्यमा एकदशक बढी समयदेखि क्रियासिल ग्रीन आर्ट्स मिडियाले नेपालको इतिहासमा सन् २००७ देखि सुरु गरेको ‘द कलेज एम्बेसेडर’ को यो ११ औं संस्करण हो । बिभिन्न क्षेत्रका प्रतिस्थित ब्यक्तिहरु महेन्द्र प्रसाद जोशी, रोहिया महर्जन, दिवास योन्जन, स्वप्निल सिंह निर्णायक रहेको प्रतियोगीताको फाइनलमा ८ महिला र ८ पुरुष रहेका थिए ।