कैलालीमा भेटियो बम : सेनाको टोलीले पार्यो निस्क्रीय

भदौ ७, धनगढी–
कैलालीको अत्तरीया चोकमा मंगलबार बम भेटिएकोछ । भेटिएको बमलाई सेनाको टोलीले निस्क्रिय पारेकोछ । अत्तरिया नजिकै हरैयामा भेटिएको शंस्कापद वस्तु समेत निस्क्रिय गर्न सेनाको टोली परिचालित भइसकेको कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी वेद प्रकाश जोशीले बताए ।
पूर्वपश्चिम राजमार्गको हरैयामा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु र अत्तरियामा कपडामा बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोज गर्ने टोली त्यस स्थानतर्फ गएको थियो । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहितको ४ पार्टीले मंगलबारका लागि नेपाल बन्द घोषणा गरेको हो । यसको प्रभाव देशका विभिन्न स्थानमा देखिएका छन् ।