मधेशका खेत सुके, किसान मर्कामा

भदौ ७, सप्तरी– मधेशका खेत सुख्खा छ । किसानले रोपेका धान खेतमै सुकेका छन् । खेत खडेरीले चिरा चिरा परेकोछ । जनमत पार्टीका महासचिव चन्दन सिंहले आफ्नो सामाजिक सञ्जालमा तराईमा फुटेका खेतका तस्वीर पोष्ट गरेर किसानले भोग्नु परेको पिडा लेखेका छन् । जनमत पार्टीले माग गर्दैआएको धानबालीको बिमा, सिचाईको व्यवस्था, किसान कार्ड लगायत मुद्धाप्रति सरकारको वेवास्ताका कारण किसान मर्कामा परेको बताएका छन् ।


यसैको परिणाम मधेशमा आम जनता किसान गरिबीको रेखा मुनि जानु पर्ने बाध्यता रहेको उनले स्टाटसमा उल्लेख गरेका छन् । ऋण तिर्न नसकेर घर खेत बेच्न बाध्य भएका मधेशका किसानको समस्या सुधार्न सरकार वा कुनै पनि राजनीतिक दलले चासो नदिएको उनको भनाई छ । तर्सथ उनले आगामी चुनावमा जनताले यसको जवाफ अवश्य दिने बताएका छन् । आगमी निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके रावत, महासचिव चन्दन सिंह पनि निर्वाचनमा उठ्दै छन् । निर्वाचनका लागि पार्टीले १५ बुदे घोषणा पत्र पनि तयार पारेकोछ । जन सम्प्रता, लोकतन्त्र, सामाजिक न्याय र सामुहिक समाजवाद गरि तीन एजेन्डा समावेश छन् ।