राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विद्येयक आजै पारित हुने

भदौ २, काठमाडौं—
आज बिहिबार नागरिकता विद्ययेक पारित हुने भएकोछ । राष्ट्रपतिले पुनर्विचार गर्न भन्दै संसदमा र्फिता पठाएको नागरिकता विद्ययेक प्रतिनिधिसभाबाट पारित हुने भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विद्ययेक लगायतका विषयमा छलफल गर्न प्रतिनिधि सभा कार्याव्यवस्था समितिको बैठक बोलाएका थिए । बैठकमा नागरिकता विद्ययेकमा कसरी अघि बढ्ने भन्नेबारे सहमति जुटन् सकेन ।
कार्यव्यवस्थाको बैठकमा सत्तारुढ दलका प्रतिनिधिले तत्काल पारित गर्नुपर्ने र फेरि राष्ट्रपति कहा प्रमाणीकरणका लागि पठाउनुपर्ने धारणा राखेका थिए भने प्रमुख प्रतिपक्षले भने केहि समय लगाउर थप छलफल हुनुपर्ने माग गरेको थियो । राष्ट्रिय जरुरीको विषय भएको माग गर्दै नागरिकता विद्ययेक आजै पारित गर्नु पर्ने माग कांग्रेसका प्रमुख सचेतक मीन बहादुर विश्वकर्माले बताए । उनले प्रमुख प्रति पक्षीय दलको सदन र समीतिमा दुई बोली भएको आलोचना गर्दै विद्येयक पारित गर्नु पर्ने सुनाए ।