मुख्यमन्त्री राईलाई मातृशोक

भदौ २० काठमाडौ  -प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । उनकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा आज बिहान विराटनगरमा निधन भएको हो । स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उनको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उनि श्वासप्रश्वास लगायतका समस्याबाट ग्रसित थिए । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि मोरङ सहकारी अस्पतालकै प्राङ्गणमा राखी आजै अन्तिम संस्कारका लागि भोजपुर लगिने कार्यक्रम छ ।

उनको स्थायी बसोबास भोजपुरको षडानन्द नगरपालिका–११, झ्याउँ पोखरी हो । विसं १९९५ मा भोजपुरको तिम्मा गाउँमा जन्मिनु भएकी धनकुमारीका मुख्यमन्त्री राजेन्द्रकुमारसहित तीन छोरा, एक छोरी र श्रीमान छन् ।