अल्लारे माया २ लिएर आइन् स्मृति गौतम

साउन २७, काठमाडौं  -लोक दोहोरी गायिका स्मृति गौतमको नयाँ गीति एल्बम अल्लारे माया २ सार्वजनिक भएको छ।

यसअघि गायिका गौतम र गायक प्रताप दासको स्वरमा ुअल्लारे मायाु बोलको गीत सार्वजनिक भएको थियो। यस गीतको गायनमा गायिका गौतमलाई किरण गौतमले साथ दिएका छन्।

किरण गौतमको शब्द तथा संगीत रहेको गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ।

नरेन श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडिओमा विमल अधिकारी, सञ्जिव ठकुरी, लोमश शर्मा, भुवन चौलागाईं, जोन बम, बद्धिमान लामा, एलिना रायमाझी, आयुष्मा कार्की, सिर्जना किँराती, शशिकला राई, पूजा क्षेत्री, अस्मिता रनपाललाई देख्न सकिन्छ।

उनले कालो बजारी’, ‘पानबुट्टे चोली’, ‘टोखा छहरे त्रिशुली बजार’, ‘कामेरो’, अल्लारे माया, सानी मायालुु लगायतका गीतहरूमा स्वर दिएकी छन्।