मंगलबारदेखि देशभरका नायब सुब्बा बिदामा बस्ने

साउन २३, काठमाडौं–
निजामती नायब सुब्बा कर्मचारी मंगलबारदेखि बिदामा बस्ने भएका छन् । बजेट घोषणा विपरीत असमान ढंगले कर्मचारीको तलब बृद्धि भएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । देशभरीका नासु कर्मचारीले विदा बस्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराइले जानकारी दिए ।
शाखा अधिकृत तहमा पदपुर्ति गर्दा खुला तर्फ ५० तथा बढुवा ३० र आन्तरिक अन्र्तर तह तर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नु पर्ने माग उनीहरुले राख्दै आएका छन् ।
सचिव भट्टराईका अनुसार सोमबार सिंहदरबारमा पेन डाउन गनेर सुचन तथा संचा मन्त्रालयको हलमा भएको नासु कर्मचारीहरुको भेलाले भोली देशभरीका नासु बिदामा बस्ने र अर्थमन्त्री, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्यका सचिवलाई मागको विषयमा एसएमएस गर्ने निणर्य भएकोछ ।