चुनावी सहकार्यको प्रस्ताव राख्दै डा. सिकेले भेटे यादव र ठाकुर

साउन २२,काठमाडौ – जनता समाजवादी पार्टी र लोकतान्त्रीक समाजवादी पार्टी संग सिके राउतले सहकार्य गर्ने प्रस्ताव राखेका छन् । आगमी मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि उनले यस्तो प्रस्ताव राखेका हुन् । मधेश प्रदेशमा लोसपा, जसपा र जनमत गरि तीन पार्टीको प्रतिस्प्रधा छ ।

जसमा यो पटकको चुनावमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट डा. राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विरुद्ध चुनावमा उम्मेदवार दिने कुरा र्चचामा छ । यसै बिच राउतले चुनावी सहकार्यको प्रस्ताव लिएर लोसपाका अध्यक्ष महन्त ठाकुर र जसपाका अध्यक्ष यादव बिच भेट वार्ता गरिरहेको समेत सचिवालयले जनाएकोछ ।