नर्सिङको भर्ना आवेदन बन्द

साउन, २२ इमेलखबर
यो वर्षको पीसीएल नर्सिङको भर्ना रोकिएकोछ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीइभीटी) ले अन्य विषयमा भर्ना खुलाए पनि नर्सिङका लाग आवेदन बन्द गरेको हो । सिटीइभीटिको यस्तो निर्णयले थुप्रै अभिभावक र विद्यार्थी अन्योलमा परेका छन् ।
सीटिईभीटिले डिप्लोमा तह अन्र्तगत सामान्य, चिकित्सा, फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी, डेन्टल साइन्स, आयुर्वेद, डाइग्नोस्टिक रेडियोग्राफी, अफ्थाल्मिक साइन्स, अकुपन्चर फिजियोथेरापी, योग एन्ड नेचुरोपेथीलगायत विषयमा भर्नाका लागि आवेदन खुल्ला गरेकोछ । नर्सिङ कलेजको अनुगमन बाकी रहेकाले केहि समयका लागि आवेदन बन्द गरिएको सीटिईभीटिका उपाध्यक्ष खगेन्द्रराज अधिकारीले बताए ।