जसपाका अध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष डा. राउत बिच हुदैछ चुनावी टक्कर

२० साउन, इमेलखबर–
प्रतिनिधि सभा सदस्यका लागि जनमत पार्टीका अध्यक्ष डा.सिके राउत चुनाव लड्ने भएका छन् । सप्तरी क्षेत्र नम्बर २ बाट उनी चुनाव लड्ने घोषणा गरेका हुन् । जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादव विरुद्ध चुनाव लड्ने भएका हुन् ।
सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यमा यस अघिको निर्वाचनमा अध्यक्ष यादव निर्वाचित भएका थिए । यहि क्षेत्रबाट डा. राउत लड्ने छन् । त्यस्तै अध्यक्ष यादव यो पटक पनि यहि क्षेत्रबाट चुनाव लड्दै छन् । जनकपुरधाममा बिहिबार बसेको बैठकमा डा. राउतले आफु सप्तरी २ बाट चुनावमा उठ्नेबारे छलफल भएको बताए । मंसिर ४ गते प्रतिनिधि र प्रदे सभाको निर्वाचन घोषणा गरिनेछ । चुनावका लागि नेताहरुले उम्मेदवार घोषणा गर्न सुरु गरेका छन् ।