कक्षा ११ मा विद्यार्थीहरुले भर्ना गर्ने समय अवधि म्याथ थप

इमेलखबर १८, साउन—
राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ मा विद्यार्थीहरुले भर्ना गर्ने समय अवधि म्याथ बढाएकोछ । बोर्डले भर्ना गर्ने समय अवधि छोटो भएको भन्दै म्याद बढाउने निर्णय गरेको हो । साउन मसान्त सम्म म्याद बढाइएको परिक्षा बोर्डले बुधबार सार्वजनिक सुचना जारी गर्दै जानकारी दिएको हो ।
एसईईको नतिजा ११ साउनमा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरुले फरक फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्त सम्म म्याद बढाएको बोर्डले जनाएकोछ । बोर्डले जारि गरेको सुचनामा ‘कक्षा ११ को विद्यार्थी भर्ना गर्ने सम्बन्धमा विभिन्न विद्यालय र क्याम्पसहरुले फरक फरक भर्ना तालिका तय गरी छोटो समयको म्याद राखी सुचना प्रकाशीत भएको हुदा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरुले भर्नाका लागि आवेदन दिने अवसरबाट बन्चिीत नभएको भनी बोर्डमा प्राप्त गुनासाहरुका सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको’ उल्लेख गरिएकोछ ।