प्रसूतिलाई निःशुल्क एम्बुलेन्स

साउन १२, काठमाडौ-  झापाको कमल गाउँपालिकाले पालिकाभित्रका प्रसूतिलाई अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।

वार्षिक कार्यक्रमअन्तर्गत यस वर्षदेखि पालिकामा स्थायी बसोबास गरेका प्रसूतिलाई लक्षित गरी निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो । पालिकाले नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

यस कार्यक्रमबाट सुत्केरीको नियमित स्वास्थ्य जाँचका साथै अस्पतालसम्म लैजान सहयोग पुग्नेछ । गाउँपालिकाले रेडक्रसलाई एउटा अत्याधुनिक एम्बुलेन्स गाडीसमेत उपलब्ध गराइसकेको रेडक्रसका सभापति चन्द्र साहले बताए ।