मिर्गौला पीडितलाई आर्थिक सहयोग

असार ३०, काठमाडौ –नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को मध्यविन्दु–१२ का धनमाया आलेको उपचारका लागि विAदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेटस् ९युएई० को दुबईमा रहेका नेपालीहरुले मिर्गौला पीडित आलेलाई एक लाख ६३ हजार आर्थिक सहयोग गरेका हुन् ।

दुबईबाट सुरेश लामाको नेतृत्वमा रु एक लाख १६ हजार र वीरतासिंह गुरुङको नेतृत्वमा रु ४७ हजार आलेलाई सहयोग उपलब्ध भएको अभियन्ता राजेन्द्रसिंह ठकुरीले जानकारी दिए । मिर्गौला पीडित ५० वर्षीया आलेले आर्थिक अवस्था कमजोर भएका कारण नियमित स्वास्थ्य परीक्षणमा समेत समस्या भएको बताए ।

आर्थिक अवस्था कमजोर भएकी आलेको उपचारका लागि सुरेश लामा, किरण कुमाल, हरि कुमाल, सुभाष पुन, प्रताप लामालगायतको दुबईमा कार्यरत नेपालीहरुको सक्रियतामा सहयोग रकम सङ्कलन गरिएको हो ।