‘पानी फोटो’को पोस्टर सार्वजनिक

जेठ ३०, काठमाडौं –  साउन १३ गते बाट रिलिजमा आउन लागेको फिल्म ‘पानी फोटो’को पोस्टर सार्वजनिक गरीएको छ ।

पोस्टरमा अभिनेता अनुप बराल, खगेन्द्र लामिछाने, मेनुका प्रधान र मलिका महतलाई चरित्र लुक्समा प्रस्तुत गरिएको छ । ’पानी फोटो’ मार्फत खगेन्द्रले निर्देशनमा डेब्यु गरेका हुन् । टुकी आर्ट्स र मञ्जुश्री फिल्म्सले निर्माण गरेको फिल्ममा खगेन्द्र स्वयंको लेखन छ।

फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मालगायतको अभिनय रहेको छ ।