‘ए माया’ मा नरेश र उषाको अभिनय (भिडियो)

जेठ २६, काठमाडौं – गायक जीवन परिवेशको आवाजमा ‘ए माया ’ बोलको गीत सार्वजनिक भएको छ ।

सुमन स्मारिकाको शब्द रहेको गीतमा संगीत दीपकराज विश्वकर्माले भरेका छन् ।

भिडियोका निर्देशक युवराज वाइबा हुन् । भिडियोमा संचारकर्मी तथा मोडल नरेश भट्टराई तथा उषा उप्रेतीको अभिनय देख्न सकिन्छ ।

निसल पौडेलको छायांकन रहेको भिडियोमा विकास दाहालले सम्पादन गरेका हुन् ।