घनचक्कर को ट्रेलर सार्वजनिक (भिडियो)

जेठ १२, काठमाडौं – सलोन बस्नेत र नायक सौगात मल्ल अभिनीत कमेडी फिल्म घन चक्कर को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मलाई निर्देशक जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् ।

हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको फिल्ममा करुणा अर्याल र संगम भट्टको लगानी छ । भट्ट एन्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्माताको रुपमा छन् ।

असार १० गतेबाट प्रदर्शनमा फिल्ममा जेबी डिसी, सरोज खनाल, कस्मिरा लाम, शिशिर भण्डारी, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, जनक घर्तिमगर, दामोदर पौडेललगायतको पनि अभिनय छ ।