रौतहटको फतुवा विजयपुर नगरपालिकामा कांग्रेस विजयी

जेठ १२, वीरगञ्ज – रौतहटको फतुवा विजयपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन्।

अन्तिम मत परिणाम अनुसार नगरपालिकको मेयरमा कांग्रेसका गोपाल राय यादव ४ हजार ५८१ मत ल्याएर विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय यादवले ३ हजार ३६१ मत प्राप्त गरे। उप मेयरमा कांग्रेसकी अमबेया खातुन ५ हजार १६२ मत ल्याएर निर्वाचित भइन्।