फिल्म ‘पासो’ को ट्रेलर सार्वजनिक (भिडियो)

जेठ १०, काठमाडौं  – कार्तिक २५ गते बाट प्रदर्शनमा आउने फिल्म ‘पासो’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरमा फिल्मका कलाकार रीस्ता बस्नेत, सुनिषा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रनव आकाशको मुख्य भूमिका छ । बीआर इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुति रहेको फिल्ममा भगवान् भुजेलको लगानी रहेको छ

आर.बी पुनको निर्देशन रहेको फिल्मको ट्रेलरमा काठको बक्साभित्र थुनिएकी युवतिको कथा भनिएको छ ।

फिल्ममा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेज बस्येलको कोरियोग्राफी छ । उत्तम हुमागाँइको छायांकन रहेको फिल्मको कार्यकारी निर्मातामा राजकुमार राउत छन् ।