स्थानीय सरकारमा आजदेखि नयाँ प्रतिनिधि

जेठ ६, काठमाडौं –  स्थानीय तहका नयाँ जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल शुक्रबारबाट सुरु हुँदै छ ।

०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल बिहीबार मध्यरातदेखि सकिएपछि नयाँ जनप्रतिनिधिको कार्यकाल शुक्रबारबाट सुरु भएको हो । निर्वाचनको अन्तिम मतपरिणाम आउन बाँकी भए पनि ७ सय ५३ पालिकाकै कार्यकाल शुक्रबार सुरु भएको मानिने निर्वाचन आयोगले जनाएको छ ।

नयाँ जनप्रतिनिधिका लागि गत वैशाख ३० गते शुक्रबार देशभर निर्वाचन सम्मपन्न भएर मतगणना भइरहेको छ । सम्पन्न निर्वाचनको शुक्रबार विहान सम्मा ६३१ पालिकाको परिणाम आएको छ । सत्तारूढ दल कांग्रेसले सबैभन्दा धेरै पालिकामा प्रमुख र उपप्रमुख जितेको छ । कांग्रेसले २८२ स्थानमा जित हासिल गरेको छ ।

०७४ को पहिलो निर्वाचनमा पहिलो बनेको एमाले यसपटक दोस्रो स्थानमा छ । एमालेले १७६ स्थानमा जित हासिल गरेको छ । त्यस्तै गठबन्धनमा रहेको दल नेकपा माओवादी केन्द्रले १११ स्थानमा जितेको छ । त्यस्तै जनता समाजवादीले १८ स्थानमा, एकीकृत समाजवादीले १४ स्थानमा, लोसपा ७ स्थानमा र स्वतन्त्र सहित अन्य दलले २३ स्थानमा जितेका छन् ।