नेपालगञ्ज– २३ मा कांग्रेस विजयी

बैशाख३१, नेपालगञ्ज  – स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ ।

वडा नम्बर २३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जब्बर अली बेहना विजयी भएक छन् ।

बेहनाले जनता समाजवादी पार्टीका मोहम्मद हुसेन शेषलाई पराजित गर्नुभएको हो ।

यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष शेषलाई बेहनाले २३२ मतका साथ पराजित गर्नुभएको हो । शेषले १९४ मत पाएका छन्।

Leave a Reply

Your email address will not be published.