‘चलचित्र षट्कोण’को शिर्ष गीत रिलिज भिडियो

बैशाख २२, काठमाडौं  – चलचित्र ‘षट्कोण’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिराज गौतमको स्वर ,विशेष पाण्डे र बिराजको शब्द तथा कम्पोज रहेको छ।

फिल्ममा अभिनेता कर्मा एक मर्डरको अनुसन्धान गरिरहेको पत्रकारको भूमिकामा प्रस्तुत छन् । फिल्ममा लोकेन्द्र लेखक, सुयशा अधिकारी, बिराज कडरिया, शिशिर लिम्बु वानेम र बालकलाकार असिम लामाको पनि अभिनय छ ।

मिलन डी काप्रिको निर्देशन रहेको फिल्मलाई क्लेमेन्टाइन प्रोडक्सन र ट्राभल्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो िशिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् । साइकोलोजिकल थ्रिलर रहेको फिल्म आगामी वैशाख २३ यानिकी शुक्रबार बाट प्रदर्शनमा आउँदै छ ।