‘रिमझिम’मा विक्रम र दीपिको अभिनय

बैशाख २०, काठमाडौं  – चलचित्र ‘हेल्लो जिन्दगी’को ‘रिमझिम रिमझिम’ बोलको गीत सार्वजनिक भएको छ । एभ्रेरेस्ट बोहोराको शब्द, अर्जुन पोखरेलको संगीत र प्रमोद खरेलको स्वरमा गीत रहेको छ ।

गीतमा फिल्मका प्रमुख अभिनेता विक्रम डी जोशी र दीपिका प्रसाईंको अभिनय छ । गत चैत्र १८ गते देशभरका हलमा रिलिज भएको फिल्म अब अमेरिका, युके, जापान, अष्ट्रेलिया लगायतका थुप्रै देशमा प्रदर्शन हुने तयारीमा छ ।

सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक बोहरा र विक्रम डी जोशीले लेखेका हुन् । एभरेस्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको फिल्ममा एभरेस्ट सूर्य बोहरा, सबिता गुरुङ, सनमकुमार वैराग, जानकी पन्त ९जुन०, ध्रुव दत्त, कुमुद पन्त लगायतको पनि अभिनय छ ।

पुरुषोत्तम प्रधानले छायांकन गरेको यस फिल्ममा सम्राट् बस्नेतको द्वन्द्व निर्देशन र मित्र डी। गुरुङको सम्पादन रहेको छ । प्रमोद खरेल, प्रताप दास, प्रबिशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेको फिल्मको गीतमा विष्णु देवाको कोरियोग्राफी छ । फिल्मको निर्मातामा हिराल जोशी र विक्रम डी जोशी छन् ।