युनाइटेडले ब्रेन्टफोर्डलाई ३–० ले हरायो

बैशाख २०, एजेन्सी  – इङ्ग्लिस प्रिमियर लिग ९ईपीएल० फुटबलमा म्यानचेस्टर युनाईटेडले ब्रेन्टफोर्डलाई हराएको छ । गए राति भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई तीन–शून्य गोल अन्तरले हराएको हो ।

युनाईटेडका क्रिस्टियानो रोनाल्डो, ब्रुरुनो फर्नान्डेस र राफायल भरानेले एकरएक गोल गरे । घरेलु मैदानमा खेलको नवौँ मिनेटमा फर्नान्डेसले गोल गरी युनाइटेडलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६१ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गरे । भरानेले खेलको ७२ औँ मिनेटमा गोल गरेपछि युनाईटेड तीन–शून्य गोल अन्तरले विजयी भयो ।

जितसँगै युनाइटेडको ३६ खेलमा ५८ अङ्क भएको छ । युनाइटेड अङ्क तालिकाको छैटौँ स्थानमा छ । ३५ खेलमा ब्रेन्टफोर्ड ४० अङ्कका साथ १४ औँ स्थानमा छ ।