‘आमा’ मा गौरी र गीता -भिडियो

बैशाख १३, काठमाडौं  – गायिका रानी शाक्यको आवाजमा ‘मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सन्तोष आलेको शब्द तथा संगीत छ । नमराज घिमिरेको छायांकन रहेको भिडियोमा विजयराजको सम्पादन छ ।

भिडियोको निर्देशन देव धिमालले गरेका हुन् । गीतमा छोरीले आफ्नी आमालाई गर्ने प्रेम र आमाको महिमालाई प्रस्तुत गरिएको छ । गौरी मल्ल, गीता ढुंगाना, विजय राज भुर्तेल, निरिस्का स्थापितको अभिनय भिडियोमा देख्न सकिन्छ ।