अपाङ्ग आश्रममा सहयोग

 

वैशाख ३, काठमाडौं –यातायात मजदुर तथा व्यवसायी भलाइ कोषले आज अपाङ्ग आश्रममा खाद्यान्न वितरण गरेको छ ।
बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरस्थित नेपाल अपाङ्ग आश्रममा रहेका अपाङ्गता भएका व्यक्तिका लागि कोषले खाद्यान्न सामग्री प्रदान गरेको हो । कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेल र कोषका पूर्वअध्यक्ष, मानार्थ सदस्य एवं सल्लाहकार कुमार थापाले उक्त खाद्यान्न सामग्री आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई प्रदान गरे ।

सो अवसरमा अध्यक्ष फुल्लेलले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत खाद्यान्न वितरण गरेको बताए । आश्रमका अध्यक्ष डोलबहादुर रामदामले अपाङ्गता भएका व्यक्तिलाई सम्झेर आश्रमसम्म आएकामा खुसी व्यक्त गरे ।