बार्सिलोना युरोपा लिगबाट बाहिरियो

बैशाख २, काठमाडौं  – बार्सिलोना युरोपा लिग फुटबलको क्वाटर फाइनलबाट बाहिरिएको छ ।

गएराति भएको क्वाटर फाइनलको दोस्रो लेगमा जर्मन क्लब फ्रान्कफुर्टसँग घरेलु मैदानमा ३–२ गोलले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो ।

समग्रमा बार्सिलोना ४–३ गोलले पराजित भयो । यसअघि पहिलो लेगमा बार्सिलोनाले फ्रान्कफुर्टसँग १–१ गोलको बराबरी खेलेको थियो ।

फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई र राफेल सान्तोसले एक गोल गरे । बार्सिलोनाका सर्जियो बुस्केट्स र मेम्फिस डिपेले एकरएक गोल फर्काए । यो हारसँगै बार्सिलोनाको १५ खेलसम्मको अपराजित यात्रा पनि रोकिएको छ ।

यसअघि बार्सिलोना च्याम्पियन्स लिग र कोपा डेल रेबाट पनि बाहिरिसकेको छ । अब फ्रान्कफुर्टले सेमिफाइनलमा वेस्ट ह्यामसँग खेल्नेछ । वेस्ट ह्यामले फ्रेन्च क्लब लियोनलाई समग्रमा ४–१ गोलले हराएको हो ।