प्रतितोला २०० रुपैयाले घट्यो सुनको मूल्य

चैत्र २८, काठमाडौ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले घटेको छ । आज सुनचाँदीको मुल्य एक लाख १०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ६०० तोकिएको छ । यसको मूल्य आइतबार प्रतितोला रु ९९ हजार ८०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३६५ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९४१ डलर आसपास कारोबार भइरहेको छ ।