कमेडियन भारती बनिन् आमा

चैत २१, काठमाडौं – बलिउडकी चर्चित कमेडियन भारती सिंह आमा बनेकी छन् । उनले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।

भारतीले श्रीमानसंगको आफ्नो तस्बिर शेयर गर्दै आफू आमा बनेको जानकारी दिएकी हुन् ।

आमा बनेपछि भारती र उनका श्रीमान् हर्षलाई सामाजिक सञ्जालमा वधाइको ओइरो लागेको छ । केही महिनाअघि मात्रै उनले आफू गर्भवती भएको खुलाएकी थिइन् ।