सुधीर र अञ्जलिको ‘खेताला’ रिलिज ’भिडियो’

चैत २०, काठमाडौं  – सुधीर श्रेष्ठ र अञ्जलि अधिकारी फिचर्ड म्युजिक भिडियो ‘खेताला’ रिलिज भएको  छ ।

साजन राई र कल्पना राईको भोकल समावेश गीतको रचना खेम नेपालीको रहेको छ । गीतमा लय सिर्जना गायक साजनले नै भरेका छन् ।

दिबेश राईले गीतको एरेन्ज गरेका हुन् िविक्रम चौहानको निर्देशन , कन्सेप्ट तथा कोरीयोग्राफी रहेको भिडियोलाई प्रकाश खड्काले खिचेका छन् ।

मिलन विश्वकर्माको सम्पादन गरेको भिडियोलाई ओ एस् आर डिजिटल च्यानल बाट हेर्न सकिन्छ ।