तराईका जिल्लाहरुमा आज हर्षाेल्लासपूर्वक होली मनाइँदै

चैत ४, काठमाडौं  – आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ। तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ। रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ।

पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ। वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुशीयाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ्ग दलेर मनाउने गरिन्छ ।