कविता बनिन मिसेस नेपाल आइडल २०२२

चैत ४, काठमाडौं –  मिसेस नेपाल आइडल २०२२ को उपाधि कविता राईले जितेकी छन् ।

करुणा शाह फस्ट रनर अप र साया राई सेकेन्ड रनर अप घोषित भएका छन् । त्यस्तै गरी सबटाइटल अवार्ड तर्फ मोस्ट इन्टिलीजेन्ट एवं मोस्ट पपुलर कविता राई, मोस्ट एट्राक्टीभ एवं मोस्ट पपुलर भिडियो अवार्ड करुणा राई, बेस्ट फोटोजेनिक साया राई, मोस्ट स्मार्ट अनिता महर्जन, मोस्ट चार्मिङ शुष्मा तामाङ, वेस्ट पर्सनालिटी सन्जु शाही ठकुरी, बेस्ट डिसिप्लीन रसनी तामाङ एवं मोस्ट एयाक्टीभ सुनमाया स्याङतानले हात पार्न सफल भएका छन् ।