आँचल र विज्ञानको ‘शिरमाथि सिरफूल’ (भिडियो)

चैत २, काठमाडौं  – म्युजिक भिडियो ‘ शिरमाथि सिरफूल ’ इन्टरनेट रिलिज भएको छ ।

एस् डी योगी र अस्मिता अधिकारीको आवाजमा समावेश गीतलाई युट्युब च्यानल आर्ट बक्स प्रोडक्सन बाट रिलिज गरिएको छ ।

गीतको शब्द कृष्ण सुवेदीको रहेको छ भने लय सिर्जना गायक योगीकै रहेको छ । छवि लाल तामाङ (शिशिर) को निर्देशन रहेको भिडियोलाई उज्ज्वल जोशी र नवराज उप्रेतीले संयुक्तमा खिचेका हुन् ।

सुनिल क्षेत्रीको कोरीयोग्राफी भिडियोमा देख्न सकिन्छ । नायिका आँचल शर्मा र विज्ञान भिडियोमा फिचर्ड छन् । मनोज कार्कीले भिडियोको सम्पादन गरेका हुन् ।