राधा–कृष्ण बने सौगात र मिरुना

फागुन २३, काठमाडौं –अभिनेता सौगात मल्ल र नायिका मिरुना मग राधा कृष्णको अवतारमा देखिएका छन् । ‘कबड्डी ४’ को ‘केशरी’ बोलको गीतमा उनीहरुको नया अवतार देखिएको हो ।

एस् डी योगीको आवाज र लय सिर्जनामा बनेको गीतमा संगीत संयोजन रिकेश गुरुङ ’किज’ को रहेको छ । गीतको शब्द राम अविरल विष्टले कोरेका हुन् ।

चलचित्रमा फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर लगायतको अभिनय रहेको छ ।